प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुपन्देही – रुपन्देहीको सैनामैनामा बुधबार भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल –८, का ५० वर्षीय तिलक सुनार र सैनामैना –६, का ५६ वर्षीय खेमबहादुर सुनार रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ । दुवै जनाको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सैनामैना सरौलीमा बा १८ च ८०१६ नम्बरको जीप र विपरीत दिशाबाट आइरहेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।