मास हिस्टेरियाले विद्यालय बन्द

 जेठ २८, २०७५ सोमबार १६:५८:१० | उज्यालो सहकर्मी

खोटाङ, जेठ २८ – मास हिस्टेरियाले छात्रालाई सताएपछि खोटाङमा विद्यालय बन्द गरिएको छ ।

छात्राले काम्ने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि बराहपोखरी गाउँपालिका–२, सुन्तलेमा रहेको ज्यू मावि बन्द गरिएको हो ।

सुरुमा एक–दुई जनाबाट सुरु हुने मास हिस्टेरिया क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ २०–२५ जना बिरामी पर्न थालेपछि सोमबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द भएको शिक्षा समन्वय इकाईको कार्यालयले जनाएको छ । 

आइतबार एकैसाथ २७ छात्रामा मास हिस्टेरिया देखिएपछि अभिभावकलाई बोलाएर विद्यार्थी जिम्मा लगाएर पठाइए पनि सोमबार पुन समस्या दोहोरिएको प्रअ तुलसीप्रसाद पोखरेलले बताउनुभयो । छात्राले अस्वभाविक क्रियाकलाप देखाउन थालेपछि आइतबार र सोमबार विद्यालयको पठन–पाठन ठप्प भएको थियो ।

हप्ता दिनअघि एक छात्रामा देखिएको समस्या क्रमशः अन्य छात्रामा सर्न थालेपछि विद्यालय बन्द भएको श्रोतव्यक्ति रामबिक्रम थापाले बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया