भिडियो : ४ नम्बर प्रदेशका सांसद र मर्यादापालकबीच बैठकमा झडप

 जेठ २८, २०७५ सोमबार १७:५४:२४ | उज्यालो सहकर्मी

कास्की – चार नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मार्सल प्रयोग गरिएको छ ।

प्रदेशको नाम पहिला टुंगो लगाएर मात्र अरु विषयमा छलफल अघि बढाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार २ पल्टसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । तर तेश्रो पल्ट भने मार्सल नै लगाएर बैठक सञ्चालन गरियो । त्यस क्रममा कांग्रेसका सांसद र मर्यादापालकबीच धकेलाधकेल समेत भयो ।

कांग्रेसका सांसदले प्रदेशसभामा नियतवश टेबुल भइसकेको नामाङ्कन तथा राजधानी विषयक प्रस्तावमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी गरेका थिए । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

1 Comments

  • दीपक बराल

    June 11, 2018, 7:17 p.m.

    काइ नभा जात्रा ।।।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया