युएईमा भएको अन्तराष्ट्रिय फार्मेसी तथा मेडिसिन सम्मेलनमा नेपाली नर्स पनि सहभागी

 मंसिर ७, २०७५ शुक्रबार १७:३:१ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई– युएईमा भएको दोस्रो अन्तराष्ट्रिय फार्मेसी तथा मेडिसिन सम्मेलनमा नेपाली नर्सहरु पनि सहभागी भएका छन् ।

सम्मेलनमा नेपालकै पहिलो पीएचडी नर्स तथा चितवन मेडिकल कलेजकी एसोसिएट प्रोफेसर डाक्टर रोजी श्रेष्ठको नेतृत्वमा विभिन्न अस्पताल तथा चिकित्सा शिक्षा क्षेत्रका सात जना नेपाली नर्स सहभागी भएका हुन् । 

विश्वका ३० देशका नर्सिङ क्षेत्रका प्रोफेसर तथा अनुसन्धानकर्ता सहभागी भएको ४ दिने सम्मेलनमा व्यक्तिगत प्रयासमा सात जना नेपाली नर्स सहभागी भएको डाक्टर रोजी श्रेष्ठले जानकारी दिनुभयो ।  

सम्मेलनमा खाडीमा नेपाली नर्स तथा डाक्टरको माग, त्यसको आपूर्ति तथा बजारको सम्भावनाका बारे छलफल भएको व्यवसायी बालकृष्ण श्रेष्ठले बताउनुभयो । सम्मेलन इमाराती (अरब) र जर्मन स्वास्थ्य संघले युएईको स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सारजाह विश्वविद्यालयमा आयोजना गरेको हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया