विपद् जोखिम न्यूनिकरणमा तीन जिल्लाको साझा घोषणा

 मंसिर ७, २०७५ शुक्रबार १७:१२:३० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – विपद् जोखिम न्यूनिकरण गर्न पूर्वी पहाडका तीन जिल्लाले साझा घोषणा गरेका छन् ।

प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ओखलढुंगामा आयोजना गरेको विपद् जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने कार्यशालामा यस्तो घोषणा गरिएको हो । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन फोकल पर्सन, सुरक्षा निकायका प्रतिनिधि र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरु सहभागी कार्यक्रममा नौ बुँदै घोषणा जारी भएको छ ।

मन्त्रालयका सचिव गोपाल पराजुलीको उपस्थितिमा जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय तथा रेडक्रसकर्मीले यस्तो घोषणा गरेका हुन् । घोषणामा मन्त्रालयसँगको सहकार्यमा विपद् जोखिन न्यूनिकरणलाई कम गर्न सहकार्य र साझेदारी गर्ने, विकास निर्माणका काम गर्नुअघि वातावरणिय प्रभाव मूल्यांकन गरेर काम गर्ने, दीर्घकालीन, अन्तरकालीन र मध्यकालीन योजना क्रमिक रुपमा कार्यन्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

त्यस्तै विपद् जोखिम मूल्यांकन निर्देशिका बनाउने, प्रदेशिक विपद् प्रतिकार्य ढाँचा बनाउने, प्रादेशिक रणनीति निर्माण गर्ने र स्थानीय तहसम्म कार्यन्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की गर्नुभएको थियो ।

मन्त्री कार्कीले विपद्लाई अबसरका रुपमा रुपान्तरण गर्न, प्रदेशभरिको दीर्घकालीन विकासलाई प्रथामिकता दिन प्रदेश सरकारले यस्तो नीति लिएको उहाँको भनाइ छ ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया