युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
नवलपरासी – छात्रवृत्तिकाे रकम, शिक्षकको तलब दुरुपयोग गरेको तथा विद्यालयमा रक्सीले मातेर आउने प्रधानाध्यापक बर्खास्तीमा परेका छन् ।
नवलपरासी बुलिङटार गाउँपालिका–३, कोटथरमा रहेको बाल विद्या मन्दिरका प्रधानाध्यापक निरज बस्ताकोटीलाई प्रधानाध्यापक पदबाट बर्खास्त गरिएको हो ।
छात्रवृत्तिका रकम, शिक्षकको तलब दुरुपयोग गरेको तथा विद्यालयमा रक्सीले मातेर आएको भन्दै अभिभावकले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।
प्रधानाध्यापकले अनियमितता गरेको समाचार उज्यालोबाट प्रसारण र प्रकाशित भए पछि शिक्षा विकास तथा समन्वय इकाइले लिखित जवाफसहित उपस्थितिका लागि पत्र काटेको थियो ।
प्रधानाध्यापक निरज बस्ताकोटीले चित्तबुझ्दो जवाफ पेस नगरेको भन्दै इकाइ प्रमुख कृष्णचन्द्र पोखे्रलले प्रधानाध्यापक पदबाट बर्खास्त गरिएको जानकारी दिनुभयो ।
प्रधानाध्यापक पदबाट बर्खास्तीमा परेका निरज बस्ताकोटीले शिक्षक पदमा पदीय दायित्वअनुसार काम नगरेको पाइएमा शिक्षक पेसाबाट नै अवकाश गरिने इकाइ प्रमुख पोख्रेलले जानकारी दिनुभयो । प्रधानाध्यापक निरज बस्ताकोटीलाई बर्खास्त गरी विद्यालयको प्रधानाध्यापकको रुपमा शिक्षक दामोदर देवकोटालाई जिम्मेवारी प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।