शान्ता राईलाई कुवेतबाट डेढ लाख सहयोग

 जेठ २८, २०७५ सोमबार १८:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काेशराज रार्इ/ कुवेत ।  

कुवेत – वैदेशिक रोजगार पीडित भोजपुरकी शान्ता राईलाई कुवेतबाट १ लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको छ । 

ईराकबाट केही समयअघि साहुको कुटपिटबाट घाइते भएर नेपाल फर्किएकी शान्ताका लागि सङ्कलन गरिएको सहयोग रकम सोमबार हस्तान्तरण गरिएको हो । घाइते शान्ताको उपचार गर्न पैसा नभएपछि ‘प्रेमबहादुर बचाउ अभियान’ उप–समिति कुवेतले आर्थिक सहयोग गरेको हो । 

प्रेम बचाउ अभियान मूल समितिमा आवश्यक रकम पूरा भएको जानकारी प्राप्त भएपछी उप–समिति कुवेतले पीडित शान्तालाई सहयोग गरेको होे ।

 उप–समितिले प्रेम बचाउ अभियान मूल समितिमा ६ लाख ३० हजार २५ सय रुपैयाँ, शान्ता राईलाई १ लाख ५५ हजार रुपैयाँ र मृगौला पीडित संखुवासभाकी सविना सुनारलाई १८ हजार रुपैयाँ सहयोग गर्ने निर्णय अनुसार सहयोग गरिएको समिति कुवेतका संयोजक चक्र कुलुङ राईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया