दैलेखमा घर भत्किँदा दुई जना घाइते : उपचारका लागि आर्थिक अभावले थप समस्या

 साउन २६, २०८१ शनिबार १२:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखको नारायण नगरपालिका–५ लेकाली टोलमा घर भत्किँदा दुई जना घाइते भएका छन् । बिहान घर भत्किँदा २१ वर्षका गणेश बिक र १४ वर्षका मंगल बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।

सुतिरहेका दाजुभाइ घाइते भएको र लगत्तै उद्धार गरी दैलेख अस्पतालमा पठाएको थियो । प्राथमिक उपचारपछि गम्भीर घाइते गणेशलाई सुर्खेत पठाएको र मंगलको दैलेख अस्पतालमा उपचार भइरहेको छ ।

दैलेख अस्पतालमा उपचारबापत, फार्मेसीको खर्च र नेक बोल्टको गरी १८ सय रुपैयाँ तिर्ने रकम नपाएर आफूहरु अप्ठ्यारोमा परेको घाइते मंगलका आफन्तले गुनासो गरेका छन् ।

त्यस्तै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका गणेशको घाँटीको हड्डी अप्रेसन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न अस्पताल प्रशासनले भनेपछि आर्थिक समस्यामा परेको गणेशका दाजु रुपेश बिकले बताउनुभएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया