जुम्लामा ६ वर्षीया बालिका बलात्कारकाे अाराेपमा एक जना पक्राउ

 मंसिर ८, २०७५ शनिबार १७:४८:४४ | नेत्र शाही
unn.prixa.net

खलंगा – जुम्लामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्लाको तातोपानी गाउँपालिका–७ की  नाम परिवर्तित (मुना) बलात्कृत भएकी हुन् ।

गएको कार्तिक २८ गते बालिका बलात्कृत भएकी र जाहेरीको आधारमा तातोपानी गाउँपालिका ७ का बिरबहादुर रावतलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बलात्कृत बालिकाकोे स्वास्थ्य परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएकाे छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया