आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
काडमाठडौं – पछिल्ला दिनमा लगातार जसो घटिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार झन्डै १० अंकले बढेको छ ।
कारोबारमा आएका धेरैजसो कम्पनीका शेयरको भाउ उकालो लागेपछि नेप्स ९ दशमलव ५५ अंकले बढेर १२ सय ४१ दशमलव १९ बिन्दूमा पुगेको हो । सोमबार शेयर बजारमा १ सय ७० कम्पनीका ११ लाख ८७ हजार कित्ता शेयर किनबेच भएका छन् ।
यसबाट ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै उन्नती लघुवित्त वित्तीय संस्था र नेपाल हाइड्रो डेभ्लोपर्स लिमिटेडका लगानीकर्ताले झन्डै १० प्रतिशत कमाएका छन् । एभरेष्ट बैंकको अग्राधिकार शेयरको मूल्य ९ प्रतिशत घटेको छ ।
सोमबार सबै भन्दाबढी झन्डै ४ करोड रुपैयाँको नबिल बैंकको संस्थापक शेयर किनबेच भएको छ ।