साप्ताहिक शेयर समीक्षा: दलालहरु अनलाइन प्रणाली उपयाेगमा अभ्यस्त

 मंसिर ८, २०७५ शनिबार १९:४३:२५ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडाैं - शेयर बजारमा अनलाइन प्रणालीको कार्यन्वयनपछि शुरुमा केहि प्राविधिक कठिनाई परेको अनुभव लगानीकर्ता, दलाल र स्वयम् नेपाल स्टक एक्सचेन्जले समेत गरेको भए पनि पछिल्लो समयमा यसको उपयोगमा अभ्यस्त बनेको देख्न सकिन्छ ।

शेयर बजारमा कारोबार रकम बढ्ने क्रम शुरु भएको छ । कारोबारमा महत्वपूर्ण हिस्सा ओगट्ने वाणिज्य बैंक समूहले लाभांश र साधारणसभा घोषणा गर्न थालेका छन्।
सिभिल, नेपाल क्रेडिट एण्ड कमर्श र कुमारी बैंकले अघिल्लो आर्थिक वर्ष २०७३-७४ को साधारणसभा समेत गरेका छैनन् ।

लामो समयसम्म संचित घाटामा रहेर उत्रेको जेठो नेपाल बैंक आर्थिक वर्ष २०७४-७५ सम्म आइपुग्दा संचित नाफामा गएको हुँदा यसले कति लाभांश घोषणा गर्ला भन्ने खुल्दुली एकातिर रहेको हुँदा पनि बजारमा त्यति उत्साह देखिन नसकेको जस्तो पनि देखिन्छ ।

त्यस्तै बिग्रेको किष्ट र ग्राण्ड बैंकलाई गाभेको प्रभु बैंक पनि संचित घाटाबाट उत्रेको र यसले पनि कति लाभांश घोषणा गर्ला भन्ने अर्को खुल्दुली पनि कायम छ ।

चालु सातामा थप वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् भने एउटा वाणिज्य बैंकले साधारणसभा समेत घोषणा गरेको छ ्र बजार पूँजीकरणमा दोस्रो ठूलो योगदान दिने नबिल बैंकले लाभांश घोषणा गरेको  छैन ।

नयाँ सूचीकरण 

नयाँ शेयर/हकप्रद

जारी भइरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर कर्मचारी संचय कोषका बचतकर्ताले मात्र आवेदन गर्न पाउनेछन् ।

घोषित लाभांश 

वाणिज्य बैंकले प्रतिक्षाको घडी समाप्त पार्दै लाभांश घोषणा गर्ने क्रम शुरु भएको छ । सानिमा बैंकले लाभांश घोषणाको ढोका खोलिदिएपछि अन्य बैंकले पनि लाभांश घोषणा गर्न थालेका छन् । घोषणा भएका तर साधारणसभा अाह्वान नभएका कम्पनीको सूची तालिकामा दिइएको छ ।


साधारणसभा  र बुक क्लोज 

कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभासमेत सुरु गर्न थालेका छन् ्र साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ ।


 मनोनयन, नियुक्ति, राजीनामा

ग्लोबल आईएमई लघुवित्तको साधारणसभाले मिनप्रसाद ज्ञवाली र अनिमेष हलवाईलाई सर्वसाधारणतर्फबाट सञ्चालक निर्वाचित गरेको छ ।
एनएमबी लघुवित्तका कम्पनी सचिव विष्णुप्रसाद शर्माको राजिनामापछि खाली भएके पदमा प्रमुख कार्यकारी अधिकृत फनीलाल चौधरीलाई नियुक्त गरिएको छ ।

समता लघुवित्तका कम्पनी सचिव सुमन आचार्यको राजीनामा स्वीकृत भएको छ र रिक्त पदमा मनोजप्रसाद निरौलालाई नियुक्त गरिएको छ । 
अरुण भ्याली हाइड्रोपावरले प्रजिता बाँस्तोलालाई सञ्चालकमा मनोनयन गरेको छ । जनता बैंकले मिनाकुमारी सैंजुलाई स्वतन्त्र सञ्चालक मनोनयन गरेको छ ।

कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले दिएको राजीनामा स्वीकृत गरी प्रविण बस्नेतलाई निमित्त तोकेको छ । त्यस्तै हरिप्रसाद लम्साललाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

छ्याँग्दी हाइड्रोपावरको साधारणसभाले संस्थापकतर्फबाट रामेश्वर थापा, अमरनाथ श्रेष्ठ, अशोक बुढाथोकी र उदयकुमार पियालाई निर्वाचित गरेको छ । त्यस्तै सर्वसाधारणतर्फबाट प्रवल शर्मा र तिना राजभण्डारी निर्वाचित भएका छन् । कुशल प्रधानलाई स्वतन्त्र सञ्चालक मनोनयन गरेको छ । 

अन्य गतिविधि 

धितोपत्र बाेर्डले सिद्धार्थ बैंकले सिद्धार्थ बैंक ऋणपत्र २०८२ (१० दशमलव ५ प्रतिशत ब्याज) जारी गर्न अनुमति दिएको छ । ऋणपत्रको रकम २ अर्ब रहेको छ । जोशी हाइड्रोपावरलाई १४ लाख ४८ हजार ४ सय ६० कित्ता साधारण शेयर जारी गर्न स्वीकृति दिएको छ ।

चौतारी लघुवित्तले स्वीकृति पाएर पनि प्राथमिक शेयर जारी नगरी विशेष सभा गरी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, शुभम पावर कम्पनी, रुरु जलविद्युत परियोजना, माउन्टेन हाइड्रो, युनियन हाइड्रोपावर, स्वाभिमान लघुवित्त, जनसेवी लघुवित्त, आशा लघुवित्त, स्पर्श लघुवित्त, भैरवकुण्ड हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेका छन् ।

सूर्य लाइफ इन्सुरेन्सले ७० प्रतिशत हकप्रद जारी गर्न अनुमति मागेको छ । बरुण हाइड्रोपावर, सिर्जना फाइनान्स, मिथिला र उन्नति लघुवित्तले पनि हकप्रद जारी गर्न अनुमति मागेका छन् ।

ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, एनएमवि-५०, एनआईसी एसिया ब्यालेन्स फण्ड र नबिल ब्यालेन्स फण्ड-२ ले विभिन्न आकारका म्युचुअल फण्डको लागि अनुमति मागेका छन् । 

ग्लोबल आईएमई ब्यालेन्स फण्ड-१ ले अनुमति मागेको धेरै समय बिते पनि अनुमति पाएको छैन । बाँकी हालै दर्ता भएका हुन् । त्यस्तै एनआईबीएल क्यापिटलले खुलामुखी म्युचुअल फण्डको अनुमति मागेको भए पनि अनुमति पाएको छैन ।

अन्तिम अपडेट: चैत ११, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया