घाइते हुँदा पनि ‘ब्रम्हास्त्र’मा अलियाको खतरनाक स्टण्ट

 मंसिर ९, २०७५ आइतबार ८:२१:२९ | एजेन्सी
unn.prixa.net

अभिनेत्री आलिया भट्ट यतिबेला उनको  खुट्टामा लागेको चोटको कारण समस्यामा छिन् । भर्खरै सामाजिक संजालमा सार्वजनिक भएको तस्बिरमा आलियालाई उनका प्रेमी रणवीर कपूरले एक क्लीनिकमा उचारका लागि लगिरहेका थिए । 

तर यति हुँदाहँुदै पनि आलिया फिल्मको छायांकनमा व्यस्त छिन् । उनी चोट लागेकै अवस्थामा फिल्म ‘ब्रम्हास्त्र’को छायांकन गरिरहेकी छिन् ।

 

अयान मुखर्जीको यो फिल्मको छायांकन यतिबेला भारतकको मुम्बईमा चलिरहेको छ । जहाँ आलिया उनका प्रेमी रणवीर कपूरका साथ खतरनाक स्टण्टहरु गरिरहेकी छिन् । उनीहरुको यो भिडियो र तस्बिर सार्वजनिक भएका छन् । 

तस्बिरमा  आलिया र रणवीर एक घरको छत माथि छायांकन गरिरहेका देखिन्छन् । स्टण्टका क्रममा रणबीर कपूर घाइते आलिया नलडुन् भनेर सहारा पनि दिइरहेका देखिन्छन् ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया