औद्योगिक व्यवसाय ऐन संशोधन गर्न उद्योग वाणिज्य महासंघको माग

 मंसिर ९, २०७५ आइतबार १३:३२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप पनि लगाउनुभयो ।

उद्योग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकमा बोल्दै अध्यक्ष राणाले भन्सार छुटलगायतका सुविधा नदिएर सरकारले व्यवसायिक वातावरण बनाउन नसकेको तर्क समेत गर्नुभयो ।

महासंघले चुलिँदो व्यापार घाटा कम हुने गरी औद्योगिक वातावरण निर्माणमा केन्द्रित हुन पनि सरकारलाई आग्रह गरेको छ । अध्यक्ष राणाले उत्पादनमूलक उद्योगका लागि आवश्यक नीति बनाएर सरकारले व्यापार घाटा न्यूनिकरणमा जोड दिन ढिलाई गर्न नहुने पनि बताउनुभयो ।

उहाँले देशलाई समृद्ध बनाउने नारालाई साकार बनाउन पनि उत्पादनमूलक उद्योग फष्टाउने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया