रुकुम पश्चिमका उत्कृष्ट पाँच उद्यमी सम्मानित

 मंसिर ९, २०७५ आइतबार १८:२५:१७ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा उत्कृष्ट उद्यम सञ्चालन गर्ने पाँचजना उद्यमीहरु सम्मानित भएका छन् ।

उद्यमशिलताको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमले तेस्रो उद्योग दिवसरको अवसर पारेर जिल्लाका पाँचजना उद्यमीहरुलाई सम्मान गरेको हो ।

सुवास फलफूल नर्सरी चौरजहारी नगरपालिका ११ का नरेन्द्र राना, जंगी आइरन उद्योग मुसिकोट नगरपालिका १ का सञ्चालक जंगबहादुर गिरी, जय श्रीराम डेरीका सञ्चालन सानीभेरी गाउँपालिका ७ का कुबेरजंग भण्डारीलाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

त्यस्तै पिके ज्योती बिन्दु साबुन उद्योग बाँफिकोट ९ का सञ्चालन हरिबहादुर बिष्ट र पाण्डे काष्ट उद्योग मुसिकोट नगरपालिका ५ का सञ्चालन नवराज पाण्डे पनि सम्मानित हुनुभएको छ ।

समितिमा दर्ता भएका वाणिज्य र उद्योग तर्फका चार हजार उद्यमी मध्येबाट राम्रो काम गरिरहेका पाँच जनालाई छनोट गरेर सम्मान गरिएको उद्योग अधिकृत रुलबहादुर आलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा वाणिज्यतर्फ २६ सय र उद्योग तर्फ १३ सय उद्यम दर्ता भएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया