वांगको आत्मघाती गोल, सेनेगल विजयी

 जेठ २९, २०७५ मंगलबार ८:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

सेनेगलले दक्षिण कोरियालाई २ –० ले हराउँदै विश्वकपको तयारी सकेको छ । अष्ट्रियामा भएको खेलमा कोरियाका किम योंग वांगले आत्मघाती गोल गरेका थिए भने अर्को गोल सेनेगलका मौसा कोनेटले इन्जुरी समयमा गरेका थिए ।

समूह एफमा रहेको दक्षिण कोरियाले जुन १८ मा स्वीडेन सँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ । समूह एचमा रहेको सेनेगलले आफ्नो पहिलो खेलमा पोल्यान्डको सामना गर्नेछ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया