गएराति निदाउन सकिनँ – दक्षिण कोरीयाली राष्ट्रपति मून

 जेठ २९, २०७५ मंगलबार ८:३९:१ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरीयाली राष्ट्रपति मून जायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता हुने अघिल्लो रात आफू निदाउन नसकेको बताउनुभएको छ ।

राष्ट्रपति मूनले आफ्नो मन्त्रीपरिषदको बैठकमा सिंगापुरमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरीयाली नेता किमबिचको वार्ता हुने अघिल्लो राति –गएराति) आफू निदाउन नसकेको बताउनुभएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । राष्ट्रपति मूनले वार्ता सफल हुने र अब नयाँ अध्याय सुरु हुने आशा गरेको बताएको खबरमा उल्लेख छ ।

उहाँले सिंगापुरमा चलिरहेको वार्ताका कारण सबै कोरियालीको आँखा सिंगापुरतिर सोझिएको पनि बताउनुभएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया