लागु औषध गाँजासहित होटल सञ्चालक र चार युवती पक्राउ

 जेठ २९, २०७५ मंगलबार ९:१३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – महानगरीय प्रहरी परिषर भक्तपुरले मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोमा संचालित गगनचुम्बी खाजाघरबाट लागुऔषध गाँजासहित खाजाघर संचालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । 

खाजाघरमा दैनिक यौन धन्दा गराउने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मार्दा प्रहरीले जिल्ला मोरङ गोविन्दपुर गाउँपालिका ४ घर भई अहिले मध्यपुरठिमी चारदोबाटोमा खाजाघर संचालन गर्दै आएका ५२ वर्षीय शंकर राउतलाई २ सय १० ग्राम लागुऔषध गाजासहित पक्राउ गरेको परिषरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक शुसिलकुमार पाण्डेले जानकारी दिनुभयो । 

त्यसैगरि प्रहरीले यही खाजाघरबाट यौन धन्दामा संलग्न रहदै आएको अभियोगमा बिभिन्न ब्राण्डका कण्डमसहित चार युवतीलाई पक्राउ गरेको पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेकालाई मंगलबार मुद्धा दर्ता गरी थप अनुन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया