प्रदेश २ सरकारलाई करार कर्मचारी भर्ना गर्न बाटो खुल्यो

 मंसिर १०, २०७५ सोमबार १७:४६:११ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश २ मा सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ बहुमतले पारित भएको छ ।

सोमबार बसेको प्रदेशसभाको बैठकले करारमा कर्मचारी भर्ना सम्बन्धी विधेयक बहुमतले पारित गरेको हो । प्रदेशसभामा निर्णायार्थ पेश गरिएको विधेयकको विपक्षमा ने क पा उभिए पनि नेपाली कांग्रेसले विधेयक प्रति समर्थन जनाएका छन् ।

यससँगै अब प्रदेश २ सरकारलाई करारमा कर्मचारी भर्ना गर्न बाटो खुलेको छ । यता मुख्यमन्त्री लालबाबु राउतले करार सम्बन्धी विधेयक रहर नभएर बाध्यता रहेको बताउनुभयो ।

कर्मचारी अभावमा आर्थिक वर्षको प्रथम चौमासिक बितिसक्दा पनि बजेट खर्च हुन नसकेको जिकिर गर्दै उहाँले अगामी दिनमा हुन सक्ने थप संकटलाई टार्न विधेयक ल्याउनु परेको जवाफ दिनु भएको हो ।

संघीयता प्रति अपनत्व भएका युवाहरु  प्रशासनमा नआएसम्म संघीयता कार्यान्वयन नहुने उल्लेख गर्दै उहाँले प्रदेश सरकारले गर्ने युवाहरुको भर्ना संघीयतालाई बलियो बनाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया