प्रवासीद्वारा पदमार्ग र प्रतिक्षालय निर्माण

 जेठ २९, २०७५ मंगलबार १०:२३:२२ | रासस
unn.prixa.net

म्याग्दी – अन्नपूर्ण गाउँपालिका १ दोवामा एक प्रवासीले दिवंगत आफन्तको स्मृतिमा पदमार्ग र प्रतीक्षालय निर्माण गर्नुभएको छ । बेलायत बस्दै आएका दलबहादुर पुर्जाले झण्डै तीन लाख रुपैयाँकाे लगानीमा दोवा जिपपार्कमा प्रतीक्षालय र त्यहाँदेखि १०० मिटर पक्की पदमार्ग निर्माण गर्नुभएको हो । 

बेलायती गोर्खा सैनिकका सेवानिवृत्त दलबहादुर र उहाँकी श्रीमती महामती पुर्जाले दुई लाख ६८ हजार ७०० लगानीमा पदमार्ग र प्रतीक्षालय बनाइ दिनुभएको वडाध्यक्ष दिलीपकुमार गर्बुजाले जानकारी दिनुभयो । सिमेन्ट र ढुंगाको प्रयोग गरेर बनाइएको पदमार्गको डिलतर्फ फलामको रेलिङ राखिएको छ ।

भिरको बाटोमा पदमार्ग बनेपछि जिपपार्कदेखि दोवा गाउँमा आवतजावत गर्न स्थानीय बासिन्दालाई सुविधा पुगेको छ । पुर्जाले कैलाश मावि, दोवामा समेत दुई लाखको अक्षयकोष स्थापना गरेर उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया