काठमाण्डौ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : झन्डै ४ हजार प्रहरी परिचालन गरिने

 असोज ११, २०८१ शुक्रबार १५:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ प्रहरीले मुख्य चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । मुख्य पर्व दशैँ, तिहार र छठमा हुने सुरक्षा चुनौतीको आँकलन गरी त्यसैअनुसारको कार्ययोजना बनाएको प्रहरीको भनाइ छ ।

स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाण्डौमा खाली हुने घर, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार भएको छ । चोरी, लुटपाट, तस्करी, जुवातास, जाँड–रक्सी खाने र बिक्री गर्नेसहित यात्रुबाट बढी भाडा असुली, आगलागीजस्ता घटना हुनसक्ने प्रहरीको आँकलन छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका एसएसपी वसन्त रजौरेले सम्भावित घटना र चुनौतीलाई कम गर्न झन्डै चार हजार जनाको सङ्ख्यामा प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको बताउनुभयो । कुनै पनि घटनाको सूचना पाएको ५ देखि १० मिनेटमा पहिलो रेस्पोन्स गर्ने र ३० मिनेटभित्र बृहत् प्रतिकार्य पूरा गरिने उहाँको दाबी छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया