उखु र दूध किसानको बक्यौता तिर्न झन्डै २ अर्ब रुपैयाँ निकासा

 असोज ११, २०८१ शुक्रबार १६:१६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – दूध तथा उखु किसानको बक्यौता तिर्न झन्डै दुई अर्ब रुपैयाँ निकासा भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ भने आठ वटा जिल्लाका उखु किसानले पाउनुपर्ने एक अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै रकम कृषि मन्त्रालयले रकमान्तर गरी भुक्तानीका लागि सम्बन्धित जिल्लामा पठाएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी आज सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने बाँकी अनुदानको रकम सम्बन्धित जिल्लालाई पठाएको हो । सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम बाँडफाँट स्वीकृत पाएको छ । योसँगै उखु किसानले अनुदानबापत पाउनुपर्ने रकम दशैँअघि नै पाउने भएका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध तथा उखु किसानलाई दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता गर्दै आउनुभएको थियो । त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव यसअघि नै स्वीकृत भएको थियो । दूधको बाँकी भूक्तानीका लागि प्रक्रिया पूरा भएको र सरकारले ऋणबापत दिएको ६० करोड रुपैयाँ दशैँअघि नै वितरण शुरू हुने डीडीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया