पूर्वडीआईजी जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

 असोज ११, २०८१ शुक्रबार १८:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जोशीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिनुभयो ।

जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गएको आइतवार काठमाण्डौबाट पक्राउ गरी पोखरा लगेको थियो । लगत्तै जिल्ला अदालत कास्कीबाट सोमवार पाँच दिनको म्याद थप गरिएको थियो । अनुसन्धान नसकिएपछि पुनः सात दिनको म्याद थप गरिएको एसपी थापाले बताउनुभयो ।

सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया