विषालु च्याउ खाँदा चार वर्षीया बालिकाको मृत्यु, चारजना बिरामी

 मंसिर ११, २०७५ मंगलबार १२:९:५३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – विषालु च्याउ खाँदा खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको ज्यान गएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका सोमबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उहाँकी पत्नी लकी शेर्पा र ७ वर्षीय छोरो पासाङ शेर्पा बिरामी परेका छन् । घाइते मध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै ग्यालु शेर्पाकी भतिजी ७ वर्षकी पोसी शेर्पा पनि बिरामी परेकी छिन् ।  

घाइतेको उपचारका लागि भूसिंगा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीको टोली खटिइ उपचार गरी रहेको प्रहरीले जनाएको छ । खाने च्याउ भनि सुकाएर राखेको च्याउ खाँदा विषालु परेको स्थानीयले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया