लुक्लामा दुई बालिका सुतेकै ठाउँमा मृत भेटिए

 मंसिर ११, २०७५ मंगलबार २०:९:४० | सुवास दर्नाल

सोलुखुम्बु – खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर –२, लुक्लामा दुई बालिका सुतेकै ठाउँमा मृत भेटिएका छन् । 

लुक्लाको एभरेष्ट होटलमा काम गर्दै आएकी १६ वर्षीया संगना राई र होटेलमै बसेर अध्ययन गर्दै आएकी उनकी ९ वर्षीया बहिनी खुसी राई सुतेकै अवस्थामा मंगलबार मृत भेटिएका हुन् ।

महाकुलुङ गाउँपालिका वडा नम्बर –३, छेस्कामका बालिकाहरुमध्ये संगना ५ वर्ष तथा खुसी विगत एक वर्षदेखि होटेलमा काम गर्दै आएका थिए । 
बेलुका काम सकेर सुतेका उनीहरु बिहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा मृत अवस्थामा परेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ति शेर्पाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मासहितको टोली घटनास्थल पुगी कागजी प्रक्रिया पूरा गरी अनुसन्धान थालेकोे छ ।पोष्टमार्टमका लागि शव हेलिकप्टरमार्फत जिल्ला अस्पताल फाप्लुमा ल्याइएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया