कपिलले ट्वीट गरे विवाहको कार्ड

 मंसिर १२, २०७५ बुधबार ९:१७:१६ | एजेन्सी
unn.prixa.net

भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् ।  उनले ट्वीठ गरेको कार्डमा उनको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् ।

गिन्नी चतरथ पंजाबकी हुन् । कपिल र गिन्नीको भेट सन् २००५ मा भएको कपिलले पहिला नै बताइसकेका छन् । 

सुरुवातमा गिन्नीका बुबाले कपिल र गिन्नीको विवाह अस्वीकार गरेका थिए । उनी त्यतिबेला भर्खरै करियरको सुरुवात गरिरहेका थिए । कपिलले मुस्किल समयमा गिन्नीको साथ दिए । 

गिन्नीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् कपिलले उनको राम्रो ख्याल राख्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया