दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ जना घाइते

 मंसिर १२, २०७५ बुधबार ११:३०:४६ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा जीप दुर्घटना भएको हो । 

दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको ज्यान गएको हो । गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि सुर्खेत पठाइएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया