राजाबाबु हत्या आरोपमा ७ जनामाथि मुद्धा दर्ता

 मंसिर १२, २०७५ बुधबार १३:५:५० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – शुद्धोधन गाउँपालिका ४ मोतिभारीका युवा नेता राजाबाबु चौधरीको हत्या आरोपमा ७ जना माथि कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ ।

हत्या भएका युवा नेता चौधरीका परिवारबाट हत्या आरोपमा स्थानीय युवा अजित पाण्डेयसहित ७ जनामाथि किटानी जाहेरी दिएपछि मुद्धा चलेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । 

हत्याका मुख्य आरोपी अजित पाण्डेय, उनका दुई भाइ र बाबुसहित ७ जना उपर कर्तव्य ज्यान मुद्धा परेको हो । घटनाको बारेमा अनुसन्धानका लागि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेका २ जनालाई जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको छ । हत्याको आरोप लागेका अन्य ५ जनाको भने खोजी भैरहेको प्रहरीले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टीमा केही समय अघि मात्रै प्रवेश गरेका युवा नेता चौधरीको गएको शुक्रबार उनको गोली प्रहार गरी हत्या गरिएको थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया