‘हामी युद्धको खेल रोक्छौं, युद्धको भयावह स्थितिलाई शान्ति र अमनचैनमा बदल्छौं ’ : ट्रम्प

 जेठ २९, २०७५ मंगलबार १४:५४:१७ | उज्यालो सहकर्मी

सिंगापुरमा भएकाे वार्ता र सम्झौतापत्रमा हस्ताक्षरपछि स‌ंयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति  डाेनाल्ड ट्रम्पले दुवै देशले युद्धको खेल रोकेर युद्धको भयावह स्थितिलाई शान्ति र अमनचैनमा बदल्ने बताउनुभयाे ।

उहाँले भन्नुभयो, ‘हामी युद्धको खेल रोक्छौं, युद्धको भयावह स्थितिलाई शान्ति र अमनचैनमा बदल्छौं, ट्रम्पले अगाडि थप्नुभयो,‘वार्तामा मानव अधिकारका बारेमा संक्षिप्त रुपमा छलफल भएको छ, यो विश्वको इतिहासमा महत्वपूर्ण दिन र क्षण हो ।’

ट्रम्पले दुवै देशबीच नयाँ अध्याय लेख्ने तयारी भएको बताउनुभयो । 

उहाँले उत्तर कोरियाले पहिले नै आणविक भट्टी नष्ट गरिसकेको प्रतिवद्धता गरेकाले किमको अगाडि संसारमा कसैसँग नभएको अवसर रहेको पनि प्रष्ट पार्नुभयो ।

उहाँले यो पूर्ण आणविक निशष्त्रिकरण भएकाले यसलाइ जाँच गर्नुपर्ने विचार पनि व्यक्त गर्नुभयो । ट्रम्पले दक्षिण काेरियाबाट आफ्ना सैनिक फिर्ता लाने तर तत्कालै नलैजाने पनि बताउनुभयो । 

राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपसँग अब फरक खालको सम्बन्ध हुने पनि बताउनुभयो । दक्षिण कोरियासँगको युद्धको खेल अन्त्य गर्ने प्रतिवद्धता  व्यक्त गर्दै उहाँले भन्नुभयो,‘ हिजोको मनमुटाव भोलिको युद्ध बन्नुहुँदैन ।’ 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया