ट्रकको ठक्करबाट कपिलवस्तुमा एक युवकको मृत्यु

 मंसिर १२, २०७५ बुधबार २०:२६:२२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु –  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. –२, हरकुर खोला नजिक ट्रकको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका वडा नं. २ बस्ने २४ वर्षीय सफिकुल पखिया रहेको प्रहरीले जनाएको छ । 

भैरहवाबाट दाङतर्फ जाँदै गरेको ना ६ ख १२०१ नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको लु ३६ प ४९९३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक पखियाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक पखियाको उपचारको क्रममा बुटवल अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया