प्रेमी निक जोनासको हात समाउँदै विवाहमा पुगिन् प्रियंका

 जेठ २९, २०७५ मंगलबार १५:४३:४४ | उज्यालो सहकर्मी

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनास अहिले मिडियामा छाइरहेका छन् । खबरहरुका अनुसार प्रियंका र निक एक अर्कासँग डेटिङ गरिरहेका छन् । 

पछिल्लो समयमा दुवैलाई कयौं पटक एकसाथ देखिन थालिएको छ । कैयौं पटक दुवैले साथमा समय बिताएको देखेर यी दुईबीच केही चलिरहेको अनुमान हलिउडका मिडियाले लगाउँदै आएका छन् । 

यस किसिमका खबरहरु आए पनि प्रियंका र निकले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर सामाजिक सञ्जालहरुमा एक अर्काको फोटोहरुमा कमेन्ट भने गरिरहेका छन् । उनीहरुको यस किसिमको क्रियाकलापले दुवैले एक अर्कालाई डेट गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ । 

हालै प्रियंका निककाे हात समाउँदै निकका दाईको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् ।



विवाहमा लिइएका तस्बिरहरुबाट प्रियंका निकको परिवारसँग पनि घुलमिल भइसकेकी छिन भन्ने भान हुन्छ । 
 
विवाह समारोहमा खिचिएका प्रियंका र निकका तस्विरहरु अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया