सन्दीपकाे टिमले अाज बंगाल टाइगर्ससँग खेल्दै, प्लेअफमा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने

 मंसिर १४, २०७५ शुक्रबार ११:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगमा शुक्रबार सन्दीप लामिछानेको केरला नाइट्सले बंगाल टाइगर्ससँग खेल्दैछ । 

सारजाहमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सुपर लिगमा ५ खेलमा तीनमा हार ब्यहोरेको सन्दीपको टिम केरलाले प्लेअफमा पुग्न बाँकि दुई खेल जित्नै पर्नेछ भने अरु टिमको नजितामा पनि भर पर्नुपर्ने हुन्छ ।

प्रतियोगितामा बिहीबार भएको वारियर्स विरुद्धको खेलमा सन्दीपको टिमले आठ विकेटका हार ब्यहोरेको थियो । जसमा सन्दीप निकै महंगो बलर बनेका थिए ।

उनले दुई ओभरमा ४७ रन दिएका थिए । जसमा ७ छक्का खाएका थिए । प्रतियोगितामा ६ विकेट लिएका सन्दीपको टिम केरालाको ५ खेलबाट मात्र तीन अंक रहेको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया