जनकपुरमा पक्राउ परेका डीपो प्रमुखसहित तीनजनाविरुद्ध कालोबाजारी मुद्दा, तीनवटा पेट्रोल पम्पमा सिलबन्दी

 जेठ २९, २०७५ मंगलबार १७:३५:५० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – पेट्रोलियम पदार्थको कृतिम अभाव सृजना गरी बजारमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका डीपो प्रमुखसहित तीन जनाविरुद्ध कालोबजारी मुद्दा दायर भएको छ ।

नेपाल आयल निगम धनुषाको महेन्द्रनगरमा रहेको डीपोका प्रमुख मनमोहन साह विरुद्ध कारबाहीकाे सिफािरस गिरएकाे र पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साह र उनकै आफ्नो दाई पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाईविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषाले कालोबजारी मुद्दा दायर गरेकाे छ ।

सोमबार उद्योगवाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जनकपुरमा छड्के गर्दा कालोबजारी भएको पाएपछि उहाँकै निर्देशनमा प्रहरीले सोमबार साँझ ५ बजे तीनै जनालाई पक्राउ गरेको थियो ।

डीपो प्रमुखसहित पक्राउ परेका विष्णुदेव साह र किसुनदेव साह दुवै दाजुभाई हुन् । दुवै दाजुभाईले बाहिर ट्यांकर चालकको भत्ताको विवाद सृजना गरेपछि चालकहरुले ट्यांकर चलाउन बन्द गर्दा गएको शुक्रबारदेखि नै महेन्द्र नगर डीपोबाट बिलिंग बन्द भएको थियो । त्यसैले महेन्द्रनगर डीपोबाट धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थको हाहाकार हुनुको साथै अधिकांश पेट्रोल पम्पले कालोबजारी गर्ने गरेका थिए ।

त्यसमा डीपो प्रमुख मनमोहन साहको पनि संलग्नता रहेको र उनले पेट्रोलियम पदार्थ वितरणमा सिन्डिकेट खडा गरेर आर्थिक चलखेल गरेको समेत आरोप छ ।

त्यस्तै पक्राउ परेका दाजुभाईका पेट्रोल पम्पमसहित तीन वटा पेट्रोल पम्पमा सिल गरिएको छ । कालोबजारी गरेको भन्दै पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरका अध्यक्ष विष्णुदेव साहको जनकपुरको मुजेलियामा रहेको बाबा पेट्रोल पम्प  र उनकै आफ्नो दाई पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाले सञ्चालन गरेको जनकपुर डिजेल सेन्टरमा सिल गरिएको छ ।

यस्तै जनकपुरको जिरोमाईलमा रहेको भीआयल स्टोर्स समेत सिल गरेको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया