कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना, १५ घाइते

 मंसिर १४, २०७५ शुक्रबार १४:४२:३७ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका गोरुसिंगे नजिकै बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

कृष्णनगरबाट बुटवलतर्फ जांदै गरेको लु १ ख ५८३३ नम्बरको बस गोरुसिंगेबाट पूर्वतर्फ जंगल किनारमा पल्टिएको प्रहरीले जनाएको छ । 

दुर्घटनमा परि १५ जना घाइते भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो । 

घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । 

बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया