प्रसादकाे प्रमाेशनमा नम्रता र निश्चल: नम्रतालार्इ बिहे कैले ? निश्चललार्इ बच्चा कैले? काे अाेर्इराे

 मंसिर १४, २०७५ शुक्रबार १७:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - दिनेश राउतको निर्देशन रहेको सिनेमा प्रसाद मंसिर २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

यो सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । सिनेमामा विपिन र नम्रता निसन्तान दम्पतीको भूमिका निर्वाह गरिरहेका छन् ।

निश्चल बस्नेतलाई सिनेमामा नकारात्मक भूमिकामा प्रस्तुत गरिएको छ । सिनेमामा आफ्नो भूमिकालाई लिएर निश्चल निकै नै उत्साहित देखिएका छन् । 

यतिबेला सिनेमाको प्रचार प्रसारको लागि निश्चल र नम्रता लागिपरेका छन् । किनभने अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेर खुट्टा फ्याक्चर भएका कारण सिनेमाको प्रचारमा हिँड्न सकेका छैनन् । 

गएको मंगलबार दुर्घटनामा परेका अभिनेता विपिन कार्की बुधबार मात्रै डिस्चार्ज भएका छन् । उनले अझ केही दिन पूर्ण रुपमा आराम गर्नुपर्नेछ । 

स्वास्थ्यस्थितिका कारण विपिन सिनेमाको प्रचार प्रसारमा नहिँड्दा निर्माण पक्षले भने प्रचारमा कमी भएको महसुस गरेको बुझिएको छ । 

तर सिनेमाका अन्य दुई कलाकार निश्चल र नम्रताले भने सिनेमा प्रचार प्रसारमा कुनै पनि कसर बाँकी राखेका छैनन् । 

उनीहरु दुवै जनाले विपिनको स्वास्थ्यलाई मध्य नजर गर्दै सिनेमाको प्रचार गरिरहेका छन् । यसै कारण पनि दुई जनालाई मात्र प्रचारको प्रेसर रहेको देखिन्छ । 

अर्को तर्फ प्रसादको प्रचारमा हिँड्दा यी दुईलाई एउटा प्रश्नले हैरान बनाएको छ । हामीसँग कुराकानी गर्दै निश्चलले अन्र्तवार्तामा सोधिने एउटा प्रश्नले आफू दिक्क भएको बताए । 

उनलाई प्रसादको प्रचारमा हिँडिरहँदा बच्चा कहिले पाउने ? भनेर प्रश्न आईरहेको छ । 

उता नम्रता अविवाहित भएका कारण उनलाई भने विवाह कहिले भन्ने ? प्रश्नले सताएको छ । 

यस विषयमा उनीहरु दुवैले भने, ‘अब त हामीलाई थाहा भइसक्यो के प्रश्न आउँछ भनेर । त्यस कारण हामी पहिले नै तयार भइसकेका हुन्छौँ त्यो प्रश्नको जवाफ दिन ।’

नम्रता र निश्चलसँग गरिएको कुराकानी भिडियाे हेर्नुहोस् :

 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया