एन्फाले गर्‍याे राखेप उपाध्यक्ष तिम्सेना र सदस्य निरौलालाई स्वागत

 मंसिर १४, २०७५ शुक्रबार १७:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा सदस्यलाई  स्वागत तथा सम्मान गरेको छ ।

रुपक  मेमोरियलको  भवन सादोबाटोमा भएको कार्यक्रममा  उपाध्यक्ष पिताम्बर तिम्सेना र सदस्य इन्दिरा निरौलालाई ताम्रपत्रसहित सम्मान गरेको हो ।

कार्यक्रममा  एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली खेलकुदलाई बुझेको व्यक्ति राखेपमा आएकाले आगामी दिनमा खेलकुद क्षेत्रले थप उचाइ लिने विश्वास व्यक्त गरे । अध्यक्ष शेर्पाले एन्फा अहिले व्यस्त तालिकाबीच चलिरहेकाले आसन्न साफ च्याम्पियनसिपका लागि  राखेपले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा राखेपका उपाध्क्ष तिम्सेनाले नेपाली खेलकूदको विकासका लागि आफू राखेपमा आएको  बताए । उनले आगामी दिनमा पनि खेलकुदमा राजनीतिक पूर्वाग्रह नराख्ने बताउँदै चाँडै नै सुधारका कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैगरी सदस्य  इन्दिरा निरौलाले आफूले २५ वर्षदेखि खेलकुद क्षेत्रलाई नियाली रहेको भन्दै काम गरेर देखाउनु प्रतिवद्धता व्यक्त गरिन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया