बसको ठक्करबाट एलकेजीमा पढ्ने बालकको ज्यान गयो

 मंसिर १४, २०७५ शुक्रबार १८:१४:२ | किरण लोहनी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गोरखा – बसको ठक्करबाट गोरखाको सेन्ट जोसेफ स्कुलका एक बालकको ज्यान गएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १२ शिखरडाँडा घर भएका सेन्ट जोसेफमा एलकेजीमा पढ्ने प्रिन्स थापामगरको बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो ।

दिउँसो पौने ४ बजेतिर स्कुल बसबाट झरेर बाटो काट्दै गर्दा उनलाई बसले ठक्कर दिएको हो । शैक्षिक भ्रमणमा आएका विद्यार्थी बाकेर फर्कँदै गरेको ग १ ख ६३९६ नम्बरको बसले थापामगरलाई किचेको प्रहरी चौकी १२ किलोका प्रहरी सहायक निरीक्षक राजकिशोर यादवले जानकारी दिनुभयो ।

शैक्षिक भ्रमणमा आएको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया