ज्यान मार्ने उद्योगका दोषी ११ वर्षपछि जेल चलान

 मंसिर १४, २०७५ शुक्रबार १८:५५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – खोटाङमा ज्यान मार्ने उद्योग मुद्धामा दोषी ठहर अभियुक्त ११ वर्षपछि जेल चलान भएका छन् ।

ज्यान मार्ने उद्योगमा जिल्ला अदालत खोटाङबाट २०६४ साल वैशाख २० गते ६ वर्ष ७ महिना १० दिन कैद सजाय सुनाइएका केपीलासगढी गाउँपालिका–७, सुदेलका ५६ वर्षीय सानकुमार राई जेल चलान भएका हुन् ।

अदालतबाट कैद सजायको फैसला सुनाइए पनि अहिलेसम्म फरार रहेका राईलाई पक्राउ गरेको दोश्रो दिन कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो ।

घरैमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा बिहीबार पक्राउ गरेर शुक्रबार अदालतमा उपस्थित गराइएकामा राईलाई शुक्रबार जेल चलान गरिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया