लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
सर्लाही – सर्लाहीमा सशस्त्र प्रहरीको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत ढग्रा पुलमा शुक्रबार साँझ ना १ झ ६९३ नम्बरको टाटा पिकअप जीप पुलमा ठोक्किएको सशस्त्र प्रहरीका उपरीक्षक समरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते हुनेहरुमा जीपका चालक सशस्त्र प्रहरी जवान उपेन्द्र गुरुङ्ग, वरिष्ठ हबल्दार रामपुकार राय यादव, सशस्त्र प्रहरी जवान पूर्णबहादुर पौडेल, जवान रविन्द्र चौधरी रहेका छन् ।
घाइतेलाई उपचारका लागि वीरगंज पठाइएको छ । कविलासीको गैर चोकस्थित चेक प्वाइन्टको ड्यूटी टोलीलाई पालो दिन सशस्त्र प्रहरी बेस क्याम्प फरहद्वाबाट सुरक्षाकर्मी बोकेर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीप पुरानो भएकाले स्टेरिङ्ग फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।