राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका लागि आज पोल्याण्ड जाँदै

 मंसिर १५, २०७५ शनिबार ७:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोप जाँदै हुनुहुन्छ । 

पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ । पोल्याण्डमा रहँदा उहाँले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।  
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया