लाइसेन्स निकालिदिन्छु भन्दै दलाली काम गर्ने १३ जना पक्राउ

 जेठ २९, २०७५ मंगलबार १८:४८:३९ | उज्यालो सहकर्मी

काठमाडौं – यातायात व्यवस्था कार्यालय ठूलो भ-याङमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकालिदिन्छु भन्दै ग्राहक ठग्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकाहरुले लाइसेन्स निकालिदिन्छु भन्दै यातायात कार्यलय वरपर ग्राहक ठग्ने गरेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौंका सुमन महर्जन, काभ्रे तिमाल गाउँका किरण मोक्तान, सिन्धुपाल्चोक साँगाचोकगढीका राज तामाङ, काठमाडौंका चिन्तामणी श्रेष्ठ, बाजुराका मानबहादुर रोकाया छन् । 

यस्तै नुवाकोटका मछिन्द्र अधिकारी, नुवाकोट विदुरका नारायण वस्ती, विदुरकै मनोहरी गजुरेल, नुवाकोटका मोहन तामाङ, पर्वत विहादीका होमबहादुर क्षेत्री, कास्कीका शिव बराल र बैतडीका चन्दनविक्रम चन्द पनि उनीहरुसँगै पक्राउ परेका छन् ।

उनीहरुलाई सार्वजनिक अपराध मुद्दामा ६ दिनको म्याद थपेर अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया