दाजुलाई खुकुरी हानेर भाग्दै गरेका भाइ पक्राउ

 मंसिर १५, २०७५ शनिबार १५:३८:३ | सुजता सुनुवार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

इलाम – दाजुलाई खुकुरी हानेर भाग्दै गरेका भाइ शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाजुलाई खुकुरी प्रहार गरेर भाग्ने क्रममा इलाम नगरपालिका वडा नम्बर ९ का नवीन सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । २८ वर्षका सुवेदीले आफ्ना ३० वर्षका दाजु संजिव सुवेदीलाई घरायसी विवादका कारण खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सुवेदीको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । घाइते सुवेदीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पतालतर्फ रेफर गरिएको छ ।

भाग्दै गरेका सुवेदीलाई सादा पोशाकका घटिएको प्रहरीले इलामको विष्णु नवीनको शालिक नजिकै चियाबारीबाट पक्राउ गरेको जनाएको छ  । सुवेदीले लागुपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया