करको भार हाेइन दायरा बढाइन्छ: अर्थमन्त्री खतिवडा

 मंसिर १५, २०७५ शनिबार १७:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा फराकिलो बनाउने नीति अबलम्बन गरेको बताउनुभएको छ । 

आर्थिक पत्रकार समाज सेजनको २१ औ बार्षिकोत्सवको अवसरमा राजधानीमा सनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले करको भार नभई करको दायरा बढाइने बताउनुभएको हो । उहाँले भौगोलिक र क्षेत्रगत रुपमा करका दायरा फराकिलो बनाउँदै प्रत्यक्ष लगानीलाई प्रभाव पार्ने कर प्रणालीका बारेमा थप विश्लेषण गरिने बताउनुभयो ।

उहाँले नयाँ श्रम ऐनले औद्योगिक सम्बन्ध सुधार गर्न मद्द्त पुर्‍याएको दावी पनि गर्नुभयो । रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौताको दस्तावेजको रुपमा श्रम ऐन आएको भन्दै उहाँले करको फर्म भर्न झन्झट भयो भन्दैमा त्यसैलाई समग्र मुल्यांकनको आधार बनाउन नमिल्ने तर्क गर्नुभयो ।

राजनीतिक अस्थिरताका कारण नीतिगत अस्थिरता, विद्युत् आपुर्ति , यातायात, श्रम सम्बन्धमा देखिएका अप्ठ्यारा अवस्थाले निर्यात बढ्न नसकेकाले व्यापार घाटा बढेको भन्दै अब विस्तारै सुधार आउने आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योगीले उठाउदै आएका नीतिगत विषयहरु समावेश गरि आर्थिक नीति बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आर्थिक क्षेत्रमा काम गर्दै आएका पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया