निर्मलाको तस्बिर अब मोटरसाइकल र ज्याकेटमा

 मंसिर १६, २०७५ आइतबार १२:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् ।

बिजुलीको पोलमा टाँसेका पोस्टर प्रहरीले च्यात्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्न थालेका हुन् ।

स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आआफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया