वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

 पुष १७, २०८१ बुधबार ९:५७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।

मन्त्रालयले सूचना निकालेर वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यविधि २०७६ अनुसार पुरस्कृत गर्न लागिएको जनाएको छ । साथै मन्त्रालयले त्यस्ता उद्यमीलाई २१ दिनभित्र आवेदन दिन आह्वान समेत गरेको छ ।

कार्य भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको, वैदेशिक रोजगारीबाट नेपाल फर्किएर व्यवसाय गरेको एक वर्ष पूरा भएको र विगत पाँच वर्षभित्र यस प्रकारको पुरस्कार प्राप्त नगरेकाहरू पुरस्कारका लागि योग्य हुनेछन् ।

यस्तै विगतमा पुरस्कारका लागि आवेदन पेश गरेको तर छनौटमा नपरेका उद्यमीले पनि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसबाट स्वरोजगारीलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया