न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
धनकुटा – साहित्यकार झमक घिमिरेलाई तमोर भ्याली सेकेण्डरी स्कुलले नगदसहित सम्मान गरेको छ ।
धनकुटा नगरपालिका–७, मा रहेको तमोर भ्याली स्कुलले आफ्नो रजत जयन्तीको अवसर पारेर साहित्यकार झमक घिमिरेलाई नगदसहित सम्मान गरेको हो । स्कुलले २५ आैं वार्षिक उत्सव (रजत जयन्ती) तथा आठौं फडिन्द्रप्रसाद लुइटेल स्मृति दिवसको अवसरमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै साहित्यकार घिमिरेलाई सम्मान गरेको छ ।
सप्ताहव्यापी रुपमा विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम गरी २५ औं वार्षिक उत्सव मनाउने क्रममा स्कुलले सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सांस्कृतिक कार्यक्रमसहित साहित्यकार घिमिरेलाई सम्मान गरेको छ ।
कार्यक्रममा साहित्यकार झमक घिमिरेलाई नगद २५ हजार तथा सम्मान–पत्रले सम्मान गरिएको विद्यालयका शिक्षिका देवीका लुईटेलले बताउनुभयो ।