आइवार्ट महिला चलचित्र महोत्सव : ज्योत्सना सिंह ठकुरीको चलचित्र उत्कृष्ट

 मंसिर १६, २०७५ आइतबार १६:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आइतबार काठमाडौंमा दोस्रो आइवार्ट महिला चलचित्र महोत्सव सम्पन्न भएको छ ।

रेडियो र टेलिभिजनमा काम गर्ने महिलाको अन्तर्राष्ट्रिय संस्था आइवार्टको नेपाल च्याप्टरले सञ्चारिका समूहको सहकार्यमा महोत्सव सम्पन्न गरेको हो ।महोत्सवमा महिला निर्देशकले निर्माण गरेका नेपाललगायत १० वटा देशका १२ वटा छोटा चलचित्र प्रदर्शन गरिएका थिए । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सम्पन्न महोत्वमा नेपाली महिलाले बनाएका छोटा ७ चलचित्रमा ३ वटा चलचित्र उत्कृष्ट तीनमा परेका थिए ।

उत्कृष्ट तीन चलचित्रमध्ये ज्योत्सना सिंह ठकुरीको ‘अगेन्स्ट अल अड’ चलचित्रले पहिलो स्थान हात पार्न सफल भएको छ । त्यसैगरी विद्या चापागाईँको ‘स्टोरी अफ स्कुल’ र निशा मानन्धरको ‘वि क्यान’ चलचित्रले क्रमशः दोस्रो र तेस्रो स्थान पाएका थिए ।

लघुचलचित्रको छनोट निर्देशक सुष्मा गाैतम, असिम शाह र सम्झना उप्रेती रौनियारकाे समूहले गरेकाे थियाे । कार्यक्रममा नतिजा सुनाउँदै निर्देशक राैनियारले चलचित्रको कथाबस्तु, निर्देशन, फोटो र प्रस्तुतिका आधारमा उत्कृष्ट गरिएकाे बताउनुभयाे ।

महिला फिल्म निर्माताको लेन्सबाट हेरौं’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त फिल्म निर्माता, निर्देशक, कलेजका प्रतिनिधि, विद्यार्थी र पत्रकारको सहभागिता रहेको थियो ।

नेपालमा २००७ सालमा बन्दना राणाले सुरु गर्नु भएको आइवार्टले रेडियो र टेलिभिजनमा काम गर्ने पत्रकार महिलाको कार्यक्षमता विकासका लागि काम गर्दै आइरहेको छ । अहिले आइवार्टको अध्यक्ष मन्टेश्वरी राजभण्डारी हुनुहुन्छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया