नेपालले विपद् व्यवस्थापन नीति बनाएर काम गरिरहेको प्रधानमन्त्री अाेलीको दाबी

 मंसिर १७, २०७५ सोमबार १४:५९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताउनु भएको हो ।

विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले भूकम्पले क्षति पु¥याएको संरचनाहरुको पुनस्र्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गराउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समुदायले गर्नु भएको सहयोगको पनि खुलेर प्रशंशा गर्नुभयो । उहाँले प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना, प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद व्यवस्थापनको कामलाई अघि बढाएको स्पष्ट पार्नुभयो ।

एसिया प्रशान्त क्षेत्रका विपद व्यवस्थापनसम्बन्धी २६ देशका प्रतिनिधिहरु सहभागी रहेको सो बैठक ३ दिनसम्म चल्नेछ । बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया