युरोपियन नेशन्स लिगको सेमिफाइनलमा इंग्ल्याण्डले र नेदरल्याण्ड्ससँग खेल्ने

 मंसिर १८, २०७५ मंगलबार ८:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन नेशन्स लिगको सेमिफाइनलमा इंग्ल्याण्ड र नेदरल्याण्ड्स भिड्ने भएका छन् ।

सोमबार राति सार्वजनिक गरिएको ड्रमा इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग पोर्चुगलमा आउँदो जुन ६ तारिखमा खेल्नेछ । यस्तै अर्को सेमिफाइनल खेल स्वीट्जरल्याण्डले पोर्चुगलसँग जुन ५ तारिखमा खेल्नेछ । यो खेल पोर्टोमा हुनेछ । 

दुबै खेलको विजेताले उपाधिका लागि जुन ९ तारिखमा प्रतिस्पर्धा गर्नेछन्  । जुन खेल पोर्चुगलमा नै हुनेछ । यो प्रतियोगिताको विजेताले ६ दशमलव सात मिलियन पाउण्ड पुरस्कार पाउनेछन । जसमा चौथो हुने टिमले पनि ४ मिलियन पाउण्ड हात पार्नेछ । 

रसिया विश्वकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले आफ्नो समुहको शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । यता नेदरल्याण्ड्सले अन्तिममा जर्मनीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । युरोपियन च्याम्पियन पोर्चुगलले पोल्याण्ड र इटलीलाई पछि पार्दै सेमिफाइलनमा स्थान बनाएको हो भने स्वीट्जरल्याण्डले बेल्जियमलाई पाखा लगाएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया