हेर्नुहाेस् ! ब्यूटी विद् अ पर्पस उपाधि जित्ने श्रृंखलाकाे भिडियाे यस्ताे छ

 मंसिर १८, २०७५ मंगलबार १७:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया तथा ब्यूटी विद अ पर्पस उपाधि जितेर नेपाली चेली श्रृंखला खतिवडा प्रतियोगिताको फाइनलमा पुग्न सफल भइसकेकी छिन् ।

के हो ब्यूटी विद् अ पर्पस ?

ब्यूटी विद् अ पर्पस उपाधि मिस वर्ल्डको आधिकारिक अन्तिम प्रतिस्पर्धा हुने दिनभन्दा अगाडि नै सम्पन्न हुन्छ ।  

ब्यूटी विद् अ पर्पस अन्तरगत प्रतियोगीले आफ्नो देशमा कुनै एक सान्दर्भिक तथा महत्वपूर्ण उद्धेश्यका साथ सामाजिक काम गरेको हुनुपर्दछ । प्रतियोगीहरुमध्ये जसले प्रस्तुत गरेको समाजसेवाको कार्यक्रमले निर्णायक मण्डलको मन जित्छ त्यही प्रतियोगीले यो अवार्ड प्राप्त गर्दछ ।

मिस वर्ल्ड प्रतियोगितामा यो अवार्डकाे सुरुवात सन् २००१ बाट सुरु गरिएको हो र त्यतिखेर यसको नाम मिस वर्ल्ड स्कलरशिप थियो ।

नेपालकी इशानी श्रेष्ठले सन् २०१३ मा नेपालका लागि पहिलो पटक यो अवार्ड जितिसकेकी छिन् । उनी मिस नेपालको अन्तिम १० सम्म पुगेकी थिइन् । भारतले यो अवार्ड अहिलेसम्म ४ पटक जितेको छ भने सबैभन्दा बढी ५ पटक इण्डोनेशियाले जितेको छ ।

मिस नेपाल श्रृंखला खतिवडाले मकवानपुर जिल्लाको चेपाङ बस्तीमा गएर त्यहाँको रहनसहन अध्ययन गरी त्यहाँको स्वास्थ्यका क्षेत्रमा केही गर्ने सोचका साथ स्वास्थ्यचौकी बनाउने योजना बनाएर काम थालिन् ।

आर्किटेक्ट भएका कारण उनले आफ्नै डिजाइनमा स्थानीय सामग्री तथा विभिन्न संस्थाबाट आर्थिक सहयोग जुटाई भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री स्वास्थ्यचौकी निर्माण गरिन् । त्यसपछाडि उनले त्यहाँ निशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिन् ।

उनले यसै सम्बन्धी भिडियाे ब्यूटी विद् अ पर्पस उपाधिकाे दावेदारीका लागि पेश गरिन् र अन्तत: सबै प्रतियाेगीलार्इ उछिन्दै उनले याे अवार्ड हात पार्न सफल भइन् । 

हेर्नुहाेस् भिडियाे 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • padam bk

    Dec. 4, 2018, 11:38 p.m.

    ओहो नेपाल ! को हो मकवानपुरको सांसद ? भोटवाट जितेका नेताको आँखा त्यहाँ परेन र ? ओलीजीको सम्वृद्ध नेपाल त्यहाँवाट शुरु गरौं / काठमाडौंका सडकमा पोष्टर टाँसेर समृद्ध नेपाल हुन सक्दैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया