जीपको ठक्करबाट वृद्धको ज्यान गयाे

 मंसिर १८, २०७५ मंगलबार १८:३७:१८ | समुद्र पौडेल

तनहुँ – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे आँबुखैरेनी सडकखण्डमा मंगलबार जीपको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।

बन्दीपुर गाउँपालिका–५, याम्फामा बा.७ च.९१७४ नम्बरको बलेरो जीपले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७५ वर्षीय चोलनाथ घिमिरे घाइते हुनुुभएको थियो । 
घाइते घिमिरेको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । 

ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया